सिटोङमा द्वारे सरकार कार्यक्रम सम्पन्न

मङ्पु: राज्य सरकारको निर्देशन अनि खण्ड विकासको पहलमा सिटोङ एक-मा द्वारे सरकार कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रमको पानी झरीमा पनि सिटोङवासीले भरपुर लाभ उठाए। विशेष त सिटोङवासीको खण्ड विकास कार्यालय टाडो खरसाङमा रहेको कारण मानिसहरु प्राय: दिनभरि नै लाग्ने हुनाले त्यहाँ गएर सरकारद्वारा प्राप्त हुने साहुलियतको काम कुरा गर्न धेरै नै असुविधा भएको कारण यसरी गाउँमा नै आएर सरकारले शिविर राखेर काम गर्दा धेरै नै सजिलो भएको बताउँछन् स्थानीय वासिन्दाहरु। सिटोङ बस्ती एक-मा वासिन्दाको कागज पत्र अर्थात जमीनको पर्जापट्टा  भए तापनि आजको दैलोमा सरकार  कार्यक्रम जाँच बुझ गर्दा प्रायजसो मानिसहरुको जमीनको कागजपत्र अनलाइन नभएको कारण धेरै नै असुविधा झेल्न परेको कारण सरकार पक्षले यस बिषयम झट्टै ध्यान दिएर कार्य गरिदियोस् भन्न्ने अपील सिटोङ एक-का वासिन्दा डिगेल लेप्चाले गरेका छन्। यसैगरी, लक्ष्मी भण्डार प्रकल्प योजनाको कार्यक्रम पनि द्वारे सरकारसँगै राखिएको भए तापनि कोरोनाकालमा ज्यादा नै भीड भएकोले यस कार्यक्रमलाई सरकारले छुट्टै कुनै दिन गरे असल हुने सुझाउ बिक्रम राईले गरे। सिटोङको खण्ड बिकास कार्यालय टाढामा रहेको हुनाले सरकारले यसरी गाउँमा नै आएर शिविर रखिदिँदा गाउँलेहरुलाई धेरै नै सुविधा भएको छ अनि यसको निम्ति सरकार अनि राज्यका मुख्यमन्त्रीप्रति स्थानीय ग्रामवासीहरूले आभार ब्यक्त गरेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *