सिटोङमा स्कुटी दुर्घटना हुँदा 1 जनाको मृत्यु, अर्को गम्भीर घाइते

सिटोङ (निसं): खरसाङ महकुमा अन्तर्गत सिटोङ एक ग्राम पञ्चायतको तकलिफ गाउँमा आज स्कुटी दुर्घटनामा परेर एकजनाको घटनास्थलमैं मृत्यु भएको छ भने अन्य एकजना गम्भीर घाइते भएको छ। प्राप्त जानकारी अनुसार आज बिहान 9:15 बजेतिर सिटोङ एक ग्राम पञ्चायतको तकलिफ गाउँमा स्कुटीमा सवार भएर गइरहेको समय ब्रेकफेल भएर उक्त दुर्घटना भएको हो। दुर्घटनामा हुगलीको चन्दन नगर निवासी 23 वर्षीय आरोग्यदीप दासको घटनास्थलमैं मृत्यु भएको छ भने तिनीसितै स्कुटीमा सवार भएका अमित मुखर्जी गम्भीर रूपमा घाइते भएका छन्।


तिनलाई उपचारको लागि खरसाङ अस्पतालमा लगिएको छ। मृतक ब्यक्ति अनि घाइते दुवैले साईराम च्यारिटेबल ट्रस्टमार्फत धेरै समयदेखि सिटोङ अनि दार्जिलिङको विभिन्न क्षेत्रमा विविध सहयोग गर्दै आइरहेको थिए। आज पनि एउटा स्थानीय विद्यालयमा सहयोग गर्नको निम्ति जाँदै गरेको समय सिटोङमा दुर्घटना भएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *