सिटोङमा वाहन दुर्घटना, 5 जना घाइते

मङ्पु: मङपुदेखि सिटोङ 1 पश्चिम सेबजे गइरहेको गाडी (एसके 0जे1276) आज यहाँको ट्राईबल स्कुल नजिक दुर्घटना भएको छ। उक्त दुर्घटनामा वाहनमा सवार 5 जना घाइते भएका छन्। सडकको जीर्ण अवस्था रहेको कारणले गर्दा नै गाडीको एक्सल भाँचिएर गाडी दुर्घटना भएको गाडी मालिक तथा चालक पदम थापा मगरले बताएका छन्।


दुर्घटनामा घाइते हुनेहरुमा ऋषिका भुजेल (19), बिर्सिका भुजेल (21), निमा लेप्चा (57), कुमारी भुजेल (66) र दिपिका भुजेल (21) लाई प्राथमिक उपचारको निम्ति मङपु अस्पतालमा ल्याइएको थियो भने ती घाइते हुनेहरूमध्ये 4 जनालाई त्यहाँबाट दार्जिलिङ रेफर गरिदिएको बताइएको छ। दुर्घटनामा पर्नेहरु सबै जनाको टाउकोमा चोट लागेको मङपु अस्पतालका डा. अरुप घोषालले जानकारी दिएरका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *