सिटोङ पञ्चायत एकको स्वनिर्भर दलद्वारा वृक्ष रोपण साथै साफ-सफाई

खरसाङ (निसं): खरसाङ खण्ड अन्तर्गत सिटोङ ग्राम पञ्चायत एकको स्वनिर्भर दलद्वारा वृक्ष रोपण कार्य सम्पन्न गरियो। सिटोङ एक ग्राम पञ्चायतको अप्पर डायरी गाउँ स्वनिर्भर दलद्वारा वृक्ष रोपण साथै बाटो सर सफाई कार्य गऱ्यो। यस अवसरमा अप्पर डायरी गाउँ स्वनिर्भर दलका सभापति ईन्द्रकला गुरुङ, सचिव सारिका लेप्चा, कोषाध्यक्षा रेखामणि राई लगायत अन्य सदस्याहरू उपस्थित थिए। उक्त वृक्ष रोपण कार्यमा स्वनिर्भर दलद्वारा विभिन्न प्रजातिका रूखका विरूवाहरू रोप्ने कार्य गरियो। त्यसरी नै सिटोङ एक ग्राम पञ्चायत क्षेत्रका मुख्य रोडको पनि सर सफाई पनि गरिएको छ। यसबारे सिटोङ एक ग्राम पञ्चायतको अप्पर डायरी गाउँ स्वनिर्भर दलकी सन्ध्या आचार्यले पत्रकारहरूसित कुराकानी गर्दै जानकारी गराएकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *