सिटु-द्वारा सिलगढीमा विरोध प्रदर्शन

सिलगढी : विद्युत बील फिर्ता, कृषि बील रद्द लगायत केन्द्र सरकारको विविध नीतिहरूको विरोधमा दार्जिलिङ जिल्ला सिटुको तर्फबाट आज सिलगढीको सेभोक रोडमा एउटा गैर सरकारी मल अघि विरोध प्रदर्शन गरियो। केन्द्र सरकारले जबसम्म कृषि बील र विद्युत बील फिर्ता लिँदैन तबसम्म आफूहरूद्वारा लगातार आन्दोलन चलाइरहने सिटु दार्जिलिङ जिल्ला सचिव समन पाठकले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *