शिवखोला ग्राम पञ्चायतमा भागोप्रमो-को धरना प्रदर्शन

खरसाङ (निसं): भागोप्रमोको मिशन जागरण कार्यक्रम अन्तर्गत तीनधारे महानदी समष्टीको शिवखोला ग्राम पञ्चायतमा पनि धरना प्रदर्शन गरियो। उक्त धरना प्रदर्शन सिपाहीधुरा चियाबारीमा अवस्थित शिवखोला ग्राम पञ्चायतको कार्यालयमा मिशन जागरण अन्तर्गत आयोजना गरिएको थियो। उक्त धरना प्रदर्शनलाई पञ्चायत प्रधान मणिकुमार प्रधानले अध्यक्षता गरेका थिए भने सजित राईले सञ्चालन गरेका थिए। धरना प्रदर्शनमा भाजपा पार्टीले गोर्खाहरूलाई केवल झुटो आश्वासन मात्र दिने नीति अप्नाएको साथै गोर्खाहरुको भावनासित खेलवाड गरिएको अनि गोर्खाहरुलाई केवल भोटको लागि मात्र उपयोग गरेको आरोप लगाएका छन्। वक्ताहरूले भाजपा पार्टीको नीतिको विरोधमा यो धरना प्रदर्शन गरिएको बताए। उक्त धरना प्रदर्शनमा शिवखोला ग्राम पञ्चायत प्रधान मणिकुमार प्रधान, युवा शक्ति केन्द्रीय उपाध्यक्ष निरेन लामा, भागोप्रमो तीनधारे महानदी समष्टीको सांगठनिक सचिव सीबी राई, उपप्रधान अम्बिका देवान, सदस्या मोनिका तामाङ, सृजना छेत्री लगायत अन्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *