सिविटार बाघमारा बस्तीमा 9 जनवरीदेखि हुने कृषि बागवानी मेला स्थलको तयारीबारे निरीक्षण

खरसाङ (निसं) : खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको सिविटारस्थित बाघमारा बस्तीमा आगामी 9 जनवरीदेखि चार दिवसीय कृषि बागवानी मेला हुने भएको छ। उक्त कृषि बागवानी मेलाको आयोजना विषयमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा समितिको साङ्गठनिक सचिव तथा तीनधारे महानदी समष्टिका सभापति राजीव थापा, युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति केवल राई, सचिव सञ्जीव मंगर, समष्टीको उपाध्यक्ष कुसाङ लामा, सामाजिक कार्यकर्ता एवम् गीतकार सुकुमार बराईली, विद्यार्थी संगठनको पक्षबाट सुभम प्रधान लगायत अन्यहरूले मेला आयोजना स्थल सिविटारको बाघमारा बस्तीको निरीक्षण गरे।


कृषि बागवानी मेलाको पहिलो दिन 9 जनवरीमा सिविटारदेखि तीनधारे जाने रोडमा रहेको शिवखोलामा बनिएको पुलको पनि उद्घाटन गरिने भएको बताइएको छ। उक्त पुलको उदघाटन साथै चार दिवसीय कृषि बागवाणी मेलाको उद्घाटन कार्यक्रममा मुख्य अतिथिका रूपमा जीटीए मुख्य कार्यपाल अनित थापा उपस्थित रहने छन्। बाघमारा बस्तीमा हुने कृषि बागवाणी मेलाको लागि जेसीबी-ले काम गरिरहेको स्थलमा निरीक्षणमा आएको प्रतिनिधि टोलीको पक्षमा सुकुमार बराईलीले पत्रकारहरूसित कुराकानी गर्दै यसबारे विस्तृत रुपमा जानकारी गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *