सिविटार चियाबारीमा गोजमुमोको सांगठनिक सभा

खरसाङ : खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टीको सिविटार चियाबारीमा गोजमुमोको सांगठनिक सभा साथै सव कमिटी गठन गरिएको छ। सिविटार चियीबारी बुथ कमिटीको सह-सचिव हेमराज छेत्रीको अध्यक्षता र तीनधारे महानदी समष्टीको सांगठनिक सचिव उत्तम छेत्रीको सञ्चालनमा सम्पन्न सांगठनिक सभामा गोजमुमो खरसाङ महकुमा समितिको सांगठनिक सचिव राजीव थापा, तीनधारे महानदी समष्टीको कार्यकारी सभापति सीबी राई, डीटीडीपीएलयुको खरसाङ महकुमा समितिको उप सभापति जनक छेत्रीले पार्टीको सांगठनिक गतिविधि र भावी कार्यक्रमहरू विषयमा वक्तव्य राखेका थिए।


यसै सभामा बिमलपन्थी नारी मोर्चाबाट सिविटार शाखाको कोषाध्यक्षा दिपिका छेत्री र सल्लाहकार सबिता छेत्री गोजमुमो बिनयपन्थीमा सामेल भएका छन्। दुवैलाई समष्टीको कार्यकारी सभापति सीबी राई, सिविटार बुथ कमिटीको कार्यकारी सभापति कुसाङ लामाको बाहुलीबाट खदार्पणसहित पार्टीको झण्डा प्रदान गरी स्वागत जनाइएको छ। यसै सभामा गोजमुमो सिविटार बुथ स्तरीय कमिटी अन्तर्गत 12 नम्बर गाउँको लागि अलग्गै सव कमिटी गठन गरियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *