सिविटार चियाबारीको बुथ नम्बर 257 मा गोजमुमोको सांगठनिक सभा

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे-महानदी समष्टिको सिविटार चियाबारीको बुथ नम्बर 257 मा गोजमुमोको सांगठनिक सभा सम्पन्न भयो। बुथ सभापति राजेन प्रधानको अध्यक्षतामा सम्पन्न उक्त सभामा सिविटार बुथ नम्बर 257 का सबै शाखाहरूले गोजमुमोको वर्तमान कार्यकारी अध्यक्ष अनित थापालाई नै पूर्ण रूपमा साथ तथा समर्थन गर्ने निर्णय लिएको छ। उक्त सभामा बुथ लेबल कमिटीलाई विघटन गरेर अब सबै शाखा र प्रशाखाहरूमा कमिटी गठन गर्ने प्रस्ताव पारित गरियो जसलाई सबैले सहमति जनाएका छन्। सभामा सिविटार चियाबारीको बुथ नम्बर 257 अन्तर्गत पर्ने सबै प्रशाखाहरूमा कमिटी गठनको लागि संयोजकहरू पनि चयन गरियो। जसमा तेरेस गाउँका संयोजक दिवस प्रधान र डिजेन प्रधान, 5 नम्बर गाउँको लागि दौलत घिसिङ, शेखर पाख्रिन, मुन्सी गाउँको लागि रबीन तामाङ, सुजव तामाङ, आनन्द तामाङ, कोठीडाँड़ाको लागि देबेन्द्र तामाङ, शरण थामी, नवीन तामाङ, फुर्सित लेप्चा, खानीको लागि प्रेम मुखिया, मनकुमारी राई अनि 10 नम्बरको लागि मिलन तामाङ र कैलाश तामाङलाई संयोजकको रूपमा चयन गरिएको छ। नवनिवार्चित संयोजकहरूले एक सप्ताहभित्र प्रशाखाहरूमा सभा गरेर कमिटी गठन गरिने भएको छ। आजको सभापछि पत्रकारहरूसित कुराकानी गर्दै गोजमुमो खरसाङ महकुमा समितिका सांगठनिक सचिव राजीव थापाले तीनधारे-महानदी समष्टि अन्तर्गत सिविटारको बुथ नम्बर 257 को सबैले वर्तमान कार्यकारी अध्यक्ष अनित थापाको साथ र समर्थनमा रहेको बताए। तिनले विनय तामाङले अध्यक्ष पद र साधारण सदस्यबाट पनि राजीनामा दिएपछि बिल्लिबाठ भएको जनता र पार्टी कार्यकर्ताहरूलाई एकमुष्ठ पारी सांगठनिक रूपमा अघि बढ़ाएकोमा हामी तिनको साथमा छौं भनी बताए। तिनले अब बुथ कमिटी विघटन गरेर प्रशाखाहरू गठन गरिने बताए। यसैगरी, पत्रकारहरूसित कुराकानी गर्दै सभापति राजेन प्रधानले आज सिविटार बुथमा पार्टीको सांगठनिक सभा बसिएको र वर्तमान राजनैतिक संकटलाई समाधान गर्नलाई सभा गरिएको बताए। तिनले सिविटार चियाबारीको बुथ नम्बर 257 को सबै शाखाहरूले कार्यकारी अध्यक्ष अनित थापालाई नै साथ र समर्थन गर्ने जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynermatadorbetmatadorbetvdcasinosahabetonwincasibom casibom matadorbetteosbetbetgitbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetholiganbetjojobetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren Sitelersweet bonanzaCratosroyalbetbetparkpusulabetholiganbetvdcasinosekabetsahabetmatadorbet1wingrandpashabetgrandpashabetimajbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişbahiscasinoazhar-itay.com grandpashabetpusulabetkazandraperabet girişperabetperabetjojobetcasibomtipobetholiganbet girişpusulabetjojobetcasibomjojobetholiganbetsuperbetingrandpashabetgrandpashahbetcasibomjojobetgrandpashabet girişgrandpashabet girişbetpuanbetpuanholiganbet girişholiganbetibizabet girişholiganbetholiganbetholiganbet girişesbetesbet girişgrandpashabet girişcashwin girişgrandpashabetcasinolevant girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabetcasinolevantcasibom Built with ❤︎ by appycodes