खरसाङ: खरसाङ महकुमा अन्तर्गत महानदीदेखि केही मुनि रहेको सिविटार चियाबारीको गैरी गाउँदेखि तितिरी खेल मैदानसम्म पुग्ने सड़कको निर्माण कार्य शुरु भएको छ। सन् 2017 सालभन्दा अघि नै खनिएको बाटो पूर्ण भएको थियो जसले गर्दा सड़क भएर पनि स्थानीयहरूलाई धेरै असुविधा भएको थियो। तर गत केही दिन अघिदेखि उक्त सड़कको निर्माण कार्य पुन: शुरु गरिएको छ। सड़कको निर्माण कार्य पुन: शुरु गरिएकोले स्थानीयहरूले खुशी व्यक्त गरेका छन्। यस वर्ष वर्षाको समय निर्माण कार्य बन्द भएको थियो तर पुन: निर्माण कार्य शुरु भएकोले स्थानीय मानिसहरूले राहतको श्वास फेरेका छन्। लगभग 2 किलोमीटर लामो यस सड़कको निर्माण कार्य शुरु भएर अब कार्पेटिङ पनि गरिने भएको छ। अब सिविटारको गैरी गाउँदेखि तितिरी खेल मैदानसम्म पुग्ने सड़कको निर्माण कार्य पुरा भएपछि महानदीबाट सोझै तीनधारेसम्म पुग्न सक्ने सड़क पूर्ण हुनेछ।
