सिविटारका संजोक कुमार प्रधानलाई नवदीप क्लबद्वारा संवर्द्धना

खरसाङ (निसं) : नवदीप युथ क्लब सिविटारको तर्फबाट संजोग कुमार प्रधानलाई संवर्द्धना जनाइयो। खरसाङको महानदी ग्राम पञ्चायत अन्तर्गत सिविटार चियाबारी निवासी शंकर प्रधान र श्रीमति रोमा प्रधानको जेठो सुपुत्र संजोग कुमार प्रधानले सिक्किम विश्वविद्यालयबाट मास्टर इन् कम्प्युटर एप्लिकेशन-मा गोल्ड मेडल अनि सिताराम जिण्डल गोल्ड मेडल पनि गरेर दुईवटा गोल्ड मेडल प्राप्त गर्न सफल भएकोमा नवदीप युथ क्लब सिविटारद्वारा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीको बाहुलीबाट संवर्द्धना पत्र प्रदान गरियो। यस अवसरमा तिनलाई खदार्पणसहित नेपाली टोपी पहिराएर साथै शल ओढ़ाएर संवर्द्धना जनाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *