सिविटारमा मिनी पोस्ट फुटबल टुर्नामेन्ट हुने

खरसाङ (निसं) : खरसाङ महकुमा अन्तर्गत सिविटारको बाघमारा बस्तीमा मिनी पोस्ट फुटबल टुर्नामेन्ट हुने भएको छ। बाघमारा बस्तीका युवाहरूद्वारा आयोजना हुन लागेको उक्त मिनी पोष्ट फुटबल टुर्नामेन्ट आगामी 10 जूनदेखि शुरु हुने भएको छ। उक्त टुर्नामेन्ट गत जनवरी महिनामा कृषि बागवानी मेला आयोजना गरिएको स्थलमा नै आयोजना गरिने बताइएको छ। उक्त मिनी पोष्ट फुटबल टुर्नामेन्टमा चार-चारजना खेलाड़ीहरूले अंश ग्रहण गर्न सक्नेछन्। उक्त टुर्नामेन्टको लागि फुटबल टीमहरूले भाग लिनलाई आयोजक समितिसित सम्पर्क गर्न सक्ने आह्वान् गरिएको छ। यसको लागि एउटा टीमले प्रवेश शुल्कको रूपमा पन्ध्र सय रुपियाँ बुझाउन पर्ने अनि आगामी 10 जूनभन्दा पहिला नै सूचित गर्नु पर्ने जानकारी बाघमारा युथको पक्षबाट रोहण लामाले दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *