सिविटार नगद राशि फुटबल टुर्नामेन्टमा तीनधारे चियाबारी विजयी

खरसाङ : खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको सिविटार चियाबारीमा नगद राशि फुटबल टुर्नामेन्टको आज खेलिएको म्याचमा तीनधारे चियाबारीले नरबुङलाई जितेर दोस्रो चरणमा प्रवेश गरेको छ। अब अर्को खेल आगामी 2 जनवरीको दिन हुने भएको छ। स्मरण रहोस, गत 27 दिसम्बरदेखि शुरु भएको पहिलो दिनको खेल सिविटारको छेत्री गाउँ र शिव खोलामाझ सम्पन्न भयो, जसमा शिवखोला विजयी बन्यो। त्यसरी नै अर्को दिन भएको पहिलो खेलमा खरसाङको सिरूबारी र दोस्रो खेलमा तीनधारे गैरी गाउँ विजयी बन्यो। यस फुटबल टुर्नामेन्टको फाइनल खेल आगामी 31 जनवरी 2021 को दिन हुने भएको र यस फुटबल टुर्नामेन्टमा मोठ 32 वटा दलले अंश ग्रहण गरेको जानकारी आयोजक समितिको तर्फबाट सन्दीप राईले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *