सियोक गोपालधारा ओकाइटी समष्टिका गोजमुमो संयोजक लाडुप घिसिङको टोलीले भेटे बीडीओ-लाई

मिरिक: गोर्खा जनमुक्ति मोर्चा कार्यवाहक अध्यक्ष अनित थापाले मिरिकको सियोक-गोपालधारा-ओकाइटी समष्टिमा लाडुप घिसिङलाई संयोजकको कार्यभार सुम्पेपछि तिनले आफ्नो टोलीसित सामाजिक कार्य एवम् साङ्गठानिक गतिविधिलाई तीव्र रूपमा अघि बढाउँदै लगिरहेका छन्। गत केही दिन अघि 23 नम्बर समष्टि नारी मोर्चा पुनर्गठन गरेपछि आज संयोजक लाडुप घिसिङ, नारी मोर्चा अध्यक्ष सम्झौता राई अनि टोलीले मिरिक खण्ड विकास अधिकारीलाई भेट गरेर विभिन्न विषयमा चर्चा-परिचर्चा गर्यो। यस अवसरमा स्वास्थ्य साथी कार्ड सम्बन्धमा खण्ड विकास अधिकारीसित कुराकानी गरेर जनताको समस्या समाधान तर्फ कदम उठाउनको साथै विविध सरकारी योजनालाई जनसाधारण समक्ष पुर्याोउन आजको भेट फलदायक रहेको नारी मोर्चाका सम्झौता राईले बताइन्। उक्त भेट अवधि संयोजक लाडुप घिसिङले मिरिक खण्ड अन्तर्गत भारत-नेपाल सीमावर्ती गाउँ-घरलाई सरकारी साहुलियतबाट वञ्चित हुन नदिन कतिपय आवश्यक सुझावहरू बीडीओ समक्ष माग राखे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *