एसजेडीए अधिकारीहरूसित महकुमा परिषदका सभाधिपतिले गरे बैठक

सिलगढी : सिलगढी महकुमा परिषदको चारवटा ब्लकको विकासको लागि सभाधिपतिले सिलगढी जलपाईगढी विकास प्राधिकरणलाई प्रस्ताव दिएको छ।  आज एसजेडीए कार्यालयमा एउटा बैठक गरियो। उक्त बैठकमा महकुमा परिषदका सभाधिपति अरुण घोष, सहायक सभाधिपति रोमा रेशमी एक्का, तृणमूल कङ्ग्रेसको दार्जिलिङ जिल्ला सभानेत्री पापिया घोष लगायत अन्य उपस्थित थिए। आजको बैठकमा महकुमा इलाकाको चारवटा ब्लकको विकासको लागि मोठ 14 वटा प्रस्ताव पेश गरियो। जसमा सभाधिपति अरुण घोषले सड़क, कलर्भट, ड्रेन, बजार, लाइट, पिउने पानी लगायत विभिन्न विकास कार्यहरूको प्रस्ताव राखे। यस सम्बन्धमा एसजेडी चेयरम्यान सौरभ चक्रवर्तीले आश्वासन दिएका छन्। यसको साथै सिलगढी जलपाईगढी विकास प्राधिकरणको तर्फबाट महकुमा परिषदका सदस्यहरूलाई सम्मानित गरियो। यस अवसरमा सौरभ चक्रवर्तीले नयाँ बोर्ड गठन भएपछि सिलगढी महकुमाको विकासको लागि सहयोग माग्दै यसभन्दा अघि पनि आफूहरूले विविध विकास कार्य गरिसकेको बताए। आगामी दिनमा जनताको हितमा सिलगढी महकुमा परिषद इलाकामा विकास कार्य गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *