सिलगढी : सिलगढी महकुमा परिषदको चारवटा ब्लकको विकासको लागि सभाधिपतिले सिलगढी जलपाईगढी विकास प्राधिकरणलाई प्रस्ताव दिएको छ। आज एसजेडीए कार्यालयमा एउटा बैठक गरियो। उक्त बैठकमा महकुमा परिषदका सभाधिपति अरुण घोष, सहायक सभाधिपति रोमा रेशमी एक्का, तृणमूल कङ्ग्रेसको दार्जिलिङ जिल्ला सभानेत्री पापिया घोष लगायत अन्य उपस्थित थिए। आजको बैठकमा महकुमा इलाकाको चारवटा ब्लकको विकासको लागि मोठ 14 वटा प्रस्ताव पेश गरियो। जसमा सभाधिपति अरुण घोषले सड़क, कलर्भट, ड्रेन, बजार, लाइट, पिउने पानी लगायत विभिन्न विकास कार्यहरूको प्रस्ताव राखे। यस सम्बन्धमा एसजेडी चेयरम्यान सौरभ चक्रवर्तीले आश्वासन दिएका छन्। यसको साथै सिलगढी जलपाईगढी विकास प्राधिकरणको तर्फबाट महकुमा परिषदका सदस्यहरूलाई सम्मानित गरियो। यस अवसरमा सौरभ चक्रवर्तीले नयाँ बोर्ड गठन भएपछि सिलगढी महकुमाको विकासको लागि सहयोग माग्दै यसभन्दा अघि पनि आफूहरूले विविध विकास कार्य गरिसकेको बताए। आगामी दिनमा जनताको हितमा सिलगढी महकुमा परिषद इलाकामा विकास कार्य गरिने तिनले बताए।
एसजेडीए अधिकारीहरूसित महकुमा परिषदका सभाधिपतिले गरे बैठक

Share this story
More from Siliguri
सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
सिलगढी, 3 जुलाई (निसं): सिलगढी भक्तिनगर थाना पुलिसले सादा पोशाकमा आपराधिक घटना हुन अगावै तीन जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीहरूको नाम अमजद अहमद, मोहम्मद हबीब र कमल थापा रहेको बताइएको छ। भक्तिनगर थाना पुलिस सूत्र अनुसार, गत राति सिलगढीको सालुगढास्थित जीवनदीप बिल्डिङ नजिक क्षेत्रमा लगभग 10 जना बदमाशहरू भेला भएको गोप्य सूचना प्राप्त भएको थियो।…
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
सिलगढी, 24 जून (निसं): सिलगढीको चम्पासारी एटीएम लुटपाट काण्डमा संलग्न हरियाणाको नूँह जिल्लास्थित कुख्यात मेवाती गिरोहको पर्दाफास प्रधान नगर थाना पुलिस टोलीले गरेको छ। यस घटनामा पुलिसले हरियाणाबाट एक जना र सिलगढी भक्तिनगरबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ। उल्लेखनीय रहोस, गत 18 जून राति चम्पासारी मोडस्थित एउटा राष्ट्रियकृत ब्याङ्कका दुई एटीएम-मा ग्यास कटर प्रयोग गरेर लगभग 10 लाख 50…
सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन
सिलगढी, 24 जून (निसं): पछिल्ला केही महिनामा सिलगढीका विभिन्न क्षेत्रहरूमा एकपछि अर्को पुराना रुखहरू लडिरहेका छन्। यद्यपि कुनै ठूलो आँधीबेह्री वा प्राकृतिक प्रकोप नआए तापनि यस्ता घटनाहरू दिन-प्रतिदिन बढिरहेका छन्। यस घटनाको विरोधमा भारतीय जनता पार्टीले अनौठो ढंगले विरोध प्रदर्शन गर्दै नयाँ रुखहरू रोप्ने कार्यक्रम गरेको छ। जानकारीअनुसार, आज सिलगढी नगर निगममा विपक्षी नेता अमित जैनको नेतृत्वमा भाजपा कार्यकर्ताहरूले ती…
