एसजेडीए चेयरम्यानद्वारा राजगञ्जमा सड़क निर्माण कार्यको शिलान्यास

राजगञ्ज : सिलगढी-जलपाईगढी विकास प्राधिकरण (एसजेडीए)-का चेयरम्यान सौरभ चक्रवर्तीले आज राजगञ्ज ब्लकको माझियाली ग्राम पञ्चायत अन्तर्गत बलाईगछ इलाकामा सड़क निर्माण कार्यको शिलान्यास गरे। सिलगढी-जलपाईगढी विकास प्राधिकरण (एसजेडीए)-को सहयोगमा लगभग 81 लाख रुपियाँको लागतमा उक्त सड़कको निर्माण कार्य गरिनेछ। यस सम्बन्धमा एसजेडीए चेयरम्यान सौरभ चक्रवर्तीले भने, धेरै समय अघिदेखि इलाकावासीहरूले सड़कको माग गर्दै आइरहेकोले आज सड़क निर्माण कार्यको शिलान्यास गरिएको हो। लगभग 3 महीनाको अवधिमा उक्त सडक निर्माणको कार्य सम्पन्न हुनेछ। यस अवसरमा जलपाईगढी जिल्ला परिषदका उपाध्यक्ष दुलाल देवनाथ, राजगञ्जका विधायक खगेश्वर राय, राजगञ्ज तृणमूल कङ्ग्रेसका ब्लक अध्यक्ष अरिन्दम ब्यानर्जी लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *