एसजेडीए चेयरम्यानले फूलबारीको पाँचकेलगुड़ी इलाकामा 5 वटा नयाँ सडकको गरे उद्घाटन

सिलगढी (निसं): पञ्चायत चुनाउभन्दा ठीक अघि आज फूलबारी-डाबग्राम विधानसभाको फूलबारी 1 नम्बर ग्राम पञ्चायतको पाँचकेलगुडी इलाकामा एसजेडीए-का चेयरम्यान सौरभ चक्रवर्तीले पाँच वटा नयाँ सडकको विधिवत् उद्घाटन गरे। विगत समय इलाकाको पूर्व विधायक तथा वर्तमान मेयर गौतम देवको पहलमा यस इलाकामा केही सुधार भए तापनि इलाकाको केही सडकको अवस्था जीर्ण बन्न पुगेको स्थानीय केही मानिसहरूको भनाई छ। पञ्चायत चुनाउ नजिक रहेकोले गर्दा एसजेडीए-ले छिटो-छिटो सडक बनाउने निर्णय लिएको बताइएको छ। फूलबारी-डाबग्राम इलाकामा एसजीडीए-का चेयरम्यान सौरभ चक्रवर्तीले यसभन्दा अगावै केही सडकहरूको पनि शिलान्यास गरिसकेका छन्। एसजेडीए चेयरम्यान सौरभ चक्रवर्तीले आज सिलगढी शहर संलग्न डाबग्राम-फूलबारी विधानसभा इलाकाको फूलबारी 1 नम्बर ग्राम पञ्चायतको पाँचकेलगुड़ी इलाकामा लगभग 5 करोड रूपियाँको लागतमा बनिएको पाँच वटा नयाँ सडकको उद्घाटन गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *