एसजेडीए चेयरम्यानले गरे विधान मार्केटको अवैध निर्माणको निरीक्षण

सिलगढी : विधान मार्केटमा गरिएको अवैध निर्माणको एसजेडीए चेयरम्यान विजय चन्द्र बर्मनले निरीक्षण गरे। यसपछि पत्रकारहरूसित कुराकानी गर्दै तिनले मोठ 9 वटा अवैध निर्माण गरिएको खबर पाएपछि आज निरीक्षण गर्न आएको बताए। निरीक्षण अवधि प्रत्येक दोकानलाई चिन्हित गरिसकेकोले तिनीहरूविरुद्ध कानुनी कार्वाही गरिने तिनले बताए। तिनले अझ भने, आज विधान मार्केटको निरीक्षण गरेपछि अझै केही अवैध निर्माणबारे थाहा लागेको साथै ती दोकानहरू चिन्हित गरेर कानुनी कार्वाही गरिने बताए। यस अवसरमा सिलगढी महकुमाशासक सुमन्त सहायलगायत अन्य प्रशासनिक अधिकारीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *