एसजेडीए चेयरम्यानले गरे फुलबारी बाइपास रोडको निरीक्षण, चाँडै मरमति कार्य शुरू गरिने

सिलगढी : फुलबारी बाइपास रोड जर्जर अवस्थामा रहेको छ। उक्त सडकको ठाउँ-ठाउँमा ठुल्ठुला खाल्डो भएकोले यहाँ समय-समयमा दुर्घटना हुने गर्दछ। एसजेडीएका चेयरम्यान सौरभ चक्रवर्तीले आज उक्त सड़कको निरीक्षण गरेपछि फुलबारी बाइपास रोडको मरमतिको कार्य चाँडै शुरू हुने बताए। धेरै समय अघिदेखि बाइपास रोडको लगभग 2 किमी सड़क जर्जर अवस्थामा रहेकोले समय-समयमा उक्त सडकमा दुर्घटना हुने गरेको साथै सड़क जर्जर अवस्थामा रहेकोले उक्त सडक भएर आवत-जावत गर्ने मानिसहरूले धुलोको सामना गर्न परिरहेको बताइएको छ। सडकको बेहाल अवस्थाबारे प्रशासनलाई बारम्बार अवगत गराए तापनि कुनै पहल नगरेको स्थानीय मानिसहरूको आरोप रहेको छ। एसजेडीए चेयरम्यान सौरभ चक्रवर्तीले आज उक्त सड़कको निरीक्षण गरेपछि चाँडै समस्याको समाधान गर्ने आश्वासन दिएका छन्। सडकको निरीक्षण गरेपछि तिनले भने, लकडाउन, वर्षा तथा टेन्डर प्रक्रियामा केही त्रुटीको कारण हालसम्म उक्त सडकको मरमति कार्य शुरू गर्न सकिएको छैन। तर चाँडै नै उक्त सडकको मरमति कार्य शुरू गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *