एसएमसी-का विजयी तृणमूल प्रार्थीहरूसित भेट गरेर बधाई दिइन् ममता ब्यानर्जीले

सिलगढी : सिलगढीमा नगरनिगम चुनाउमा तृणमूल कङ्ग्रेसले पहिलोपल्ट ऐतिहासिक जीत हासिल गर्न साथ सिलगढी आइपुगेकी तृणमूल नेत्री ममता ब्यानर्जीले आज विजयी प्रार्थीहरूसित भेट गरिन्। सिलगढीको उत्तरकन्यामा आज मुख्यमन्त्रीले 37 जना तृणमूलका विजयी प्रार्थीहरूसित भेट गर्नको साथै सबैलाई जीतको बधाई पनि दिइन्। यस अवसरमा तिनले तृणमूलका 37 जना विजयी प्रार्थीहरूलाई सिलगढीवासीहरूको निम्ति उचित परिसेवा प्रदान गर्नको लागि राम्ररी काम गर्ने निर्देश दिइन्। यसको साथै तिनले भावी सिलगढी नगरनिगमका मेयर पदका मुहार गौतम देवलाई मनिटेरिङ गर्ने निर्देश दिँदै हाल सबै वार्डका विजयी काउन्सिलरहरूको कार्यको हेरचाह गर्नको साथै कुनै काउन्सिलरविरुद्ध अभियोग उठेको खण्डमा त्यसको छानबीन गर्ने आदेश दिइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *