स्मृति संघ भानुग्रामद्वारा गरियो सेनिटाइज

सुकेपोखरी : कोरोना महामारीको बढ्दो प्रकोपलाई केन्द्र गरेर आज स्मृति संघ भानुग्रामद्वारा गाउँको प्रमुख सडकहरू लगायत गाउँ वरिपरि सेनिटाइज गरियो। हालै पोख्रेबुङ उप स्वास्थ्य केन्द्रको क्वारेन्टाइन सेन्टरमा सोनादा पचेङ्ग बजारको दुईजना कोभिड-19 पोजेटिभ भेट्टाएपछि तिनका परिवारका 6 जना  सदस्यहरूलाई यहाँको क्वारेन्टाइन सेन्टरमा राखिएको थियो। गत 2 जुनको दिन ती 6 जनालाई सिलगढीको दिसान अस्पतालमा लगेपछि त्यसमध्ये 5 जना कोरोना पोजेटिभ रहेको पुष्टि भएको छ। यसैले उक्त क्वारेन्टाइन सेन्टरको छेउछाउमा गाउँ-घर रहेकोले आज उक्त गाउँ लगायत यसको वरिपरि स्मृति संघ भानुग्रामद्वारा सेनिटाइज गरिएको संघका सदस्य काजी रूम्बाले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *