स्नीफर डगको सहयोगमा जीआरपी र आरपीएफद्वारा स्पेशल चेकिङ

सिलगढी: बङ्गाल विधानसभा चुनाउ अवधि कुनै प्रकारको अप्रिय घटना नघटोस् भन्ने उद्देश्य लिएर पुलिस प्रशासन सतर्क रहेको छ। यसको साथै विशेष संवेदनशील इलाकाहरूमा केन्द्रीय वाहिनीका जवानहरूले रूट मार्च गरिरहेका छन्। यसवाहेक, चुनाउ आयोगको टीमले पनि नाका चेकिङ साथै विशेष अभियान चलाइरहेको छ। यसै क्रममा, पूर्वीय भारतको सबैभन्दा ठूलो तथा अति व्यस्त रहने रेलवे स्टेशन न्यू जलपाइगढीमा पनि जीआरपी र आरपीएफले संयुक्त रूपमा स्पेशल चेकिङ अभियान शुरू गरेको छ। स्टेशनमा आउने-जाने सबै ट्रेनदेखि लिएर यात्रु तथा यात्री प्रतीक्षालयमा बसेका मानिसहरूको समान बोकेका ब्यागहरूको स्नीफर डगको सहयोगमा जाँच गरिरहेको छ। आरपीएफ-का ईन्स्पेक्टर सन्दीप साहाले दिएको जानकारी अनुसार विधानसभा चुनाउलाई लिएर जीआरपी र आरपीएफको तर्फबाट स्निफर डगको सहयोगमा स्पेशल चेकिङ गरिँदैछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *