सोचनीय अवस्थामा रहेको सेक्रेट हार्ट स्कुलको उपाध्यक्ष सतीश पोख्रेलद्वारा परिभ्रमण 

मझुवा: गत केही दिनदेखि लगातार परेको पानीले मझुवा ग्राम पञ्चायत अन्तर्गत पर्ने लोअर आरूबोटेमा अवस्थित सेक्रेट हार्ट स्कुलको जमिन गत जुन महिनादेखि दब्बिएर स्कुल भवन चर्किएको अवस्थामा रहेको छ। तीन दिनदेखि लगातार परिरहेको पानीले सेक्रेट हार्ट स्कुललाई पूर्ण क्षति पुग्ने तय भएको छ भने यसको वरिपरि रहेका घरहरू पनि पहिरोको चपेटामा आएको छ।


लोअर आरूबोटे क्षेत्रमा रहेको उक्त स्कूल प्राकृतिक प्रकोपमा परेको खबर सुनेपछि गोजमुमो उपाध्यक्ष सतिश पोखरेलले स्थलगत भ्रमण गरे। स्कुल भवनको अवस्था सोचनीय रहेकोले विद्यार्थी अभिभावकहरूसँगै गाउँलेहरू पनि चिन्तित बन्नको साथै गाउँलेहरू स्कुल बचाऊ कार्यमा जुटिरहेको जानकारी प्राप्त भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *