सोसियल सर्कलद्वारा बीडीओ कौशिक ब्यानर्जीलाई सम्मान

बिजनबारी : युवाहरूको सामाजिक संस्था टीम सोसियल सर्कलले दार्जिलिङ पुलबजार खण्ड विकास अधिकारी कौशिक ब्यानर्जीलाई तिनकै प्रेक्षगृहमा पुगेर सम्मान जनायो। धेरै समयदेखि खण्डमा कुशल प्रशासन चलाएको, युवाहरूको मार्ग दर्शक बनेका बीडीओ कौशिक ब्यानर्जी चाँडै स्थानान्तरण भएर अन्यत्र जाने भएकोले युवाहरूले तिनलाई सम्मान जनाएको हो। संस्था सयोजक सौरभ पोख्रेलको अगुवाईमा गएको टोलीले बीडीओ कौशिकलाई अंग वस्त्र तथा सम्मान पत्र प्रदान गरेर सम्मान जनाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *