सोशल मीडियामा भाइरल राजीनामा पत्रबारे अनित थापाले दिए स्पष्टीकरण

खरसाङ : गोजमुमो 2-का कार्यवाहक अध्यक्ष अनित थापाले पार्टीबाट अगावै राजीनामा दिइसकेको कुरो सोशल मीडियामा भाइरल भएपछि यसलाई लिएर तिनका पार्टी समर्थक तथा राजनैतिक पर्यवेक्षकहरूले विभिन्न अड्कल लगाउन शुरू गरेका थिए। तथापि, उक्त विषयमा स्वयम् अनित थापाले राजीनामा पत्रबारे आफ्नो स्पष्टीकरण दिएका छन्। तिनले उक्त राजीनामा पत्रबारे यसो भने, यहाँ अन्योलताको कुरा नै छैन। मैले केन्द्रिय समितिको बैठक पश्चात् हामी नयाँ समीकरण अथवा नयाँ पार्टी शुरू गर्दैछौँ भनेर निर्णय लिएका थियौँ। त्यसपछि सितम्बर महिना पहिलो सप्ताहमा पार्टी नाम घोषणा हुने घोषणा नै गरेको थिए। नयाँ शुरू गर्नु मैले पुरानो घर छोड्नुपर्छ। गोर्ख जनमुक्ति मोर्चा कोर्टमा सब जुडिस विषय हो। हामीले हाम्रो राजीनामा कोर्टमा नै पठाएका छौँ। कोर्टले हाम्रो राजीनामा पत्र हाम्रो को-पार्टनरलाई दिनुपर्छ। आज त्यहीँ साझा गरिएको मेरो राजीनामा पत्र सार्वजनिक भएको हो। मैले कानुन मुताबिक नै काम गर्नुपर्छ, जुन गरेको पनि छु।


Leave a Reply

Your email address will not be published. Required fields are marked *