सोशियल वेलफेयर फुटबल कप 2020-को आयोजना गरिने

सिलगढी : गैर सरकारी संस्था फोरम फर ह्युमेन राईट्स प्रोटेक्सन-को आयोजनामा आगामी 23 फरवरीको दिन मार्गरेट सिस्टर निवेदिता स्कुल मैदानमा सोशियल वेलफेयर फुटबल कप 2020-को आयोजना गरिने भएको छ। उक्त छोटो प्रारूपको प्रतियोगिता डे नाइट गरेर एक दिने नक आउट फुटबल प्रतियोगितामा मोठ 16 वटा टोलीलाई मौका दिइने भएको छ। आयोजक समितिको तर्फबाट सिलगढी जर्नलिस्ट क्लबमा आयोजित एउटा पत्रकार सम्मेलनमार्फत् समितिका सचिव प्रशनजीत घोषले जानकारी दिएका छन्। तिनले बताएअनुसार उक्त प्रतियोगितामा प्रत्येक टोलीमा 11 जना खेलाड़ी अनि तीनजना अतिरिक्त खेलाडी रहनुपर्ने छ। उक्त प्रतियोगितामा अंश ग्रहण गर्ने टोलीको निम्ति प्रवेश शुल्क 3 हजार 9 सय 99 रहेको छ भने आगामी 16 फरवरीभित्र टोलीले आफ्नो नाम पञ्जीकरण गराउनु पर्नेछ। उक्त टुर्नामेन्टको विजेता टोलीलाई आकर्षक ट्रफीको साथमा 1 लाख रुपियाँ अनि उपविजेता टोलीलाई आकर्षक ट्रफी सहित 50 नगद रुपियाँ प्रदान गरिनेछ। उक्त म्याचहरूको विभिन्न सोशल मीडिया मार्फत् सोझै प्रसारण गरिने पनि आयोजक समितिका अध्यक्ष अभिषेक प्रधान जानकारी गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *