सोसियल वर्क अनि राजनीति गर्नु फरक फरक कुरा हो : अनित थापा

सोनादा (निसं): रंगबुल-धतरिया-रंगमुक समष्टिमा विभिन्न परियोजनाहरूको शिलान्यास गर्दै जीटीएको प्रमुख कार्यपाल अनित थापाले सोसियल वर्क अनि राजनीति गर्नु फरक फरक कुरा रहेको बताए। समाज सेवा गर्नेले चुनाउ लड्दैन। समाज सेवा गरेर राजनीति गरिँदैन भनी बताएका छन्। तिनले विकास त हामीले सरकार पक्षबाट गरिरहेका छौं भन्दै विकासको मागको कुनै अन्त्य हुँदैन तर गाँउवासीले जे पायो त्यहीँ माग राख्नु हुँदैन। गाउँले कुन विकासको काम अति महत्वपूर्ण छ त्यसलाई प्राथमिकता दिएर प्रस्ताव राख्नु पर्छ भनी तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *