एसओजी-द्वारा मादक पदार्थको गोदामको रहस्योत्घाटन, 3 जना हिरासतमा

सिलगढी : सिलगढी सहरलाई मादक मुक्त बनाउने उद्देश्य लिएर सिलगढी मेट्रोपोलिटन पुलिसले लगातार नो टु ड्रग्स अभियान चलाइरहेको छ। यसै क्रममा आज एसओजीको टीमले सहरमा अवैध रूपमा जम्मा गरेर राखेको मादक पदार्थको गोप्य गोदामको रहस्योत्घाटन गरेको छ। सिलगढी नगरनिगमको 4 नम्बर वार्ड अन्तर्गत मोडल बोइज क्लब संलग्न चन्द्रोपाड़ास्थित एउटा घरभित्र बनाइएको गोप्य गोदामको रहस्योत्घाटन गर्दै एसओजीको टीमले धेरै मात्रामा नशालु ट्याबलेट तथा प्रतिबन्धित कफ सिरप उद्धार गरेको छ।


एसओजीले दिएको जानकारी अनुसार गोप्य सूचनाको आधारमा एसओजी टीमले सिलगढीको 4 नम्बर वार्डको चन्द्रोपड़ास्थित एउटा घरमा छापामारी अभियान चलाएर धेरै मात्रा मादक पदार्थ उद्धार गरेको बताइएको छ। एसओजी टीमले उक्त घरका मालिक लगायत 3 जनालाई सोधखोज गर्नको लागि हिरासतमा लिएर थाना लगे। उक्त मामिला अन्य व्यक्तिहरू संलग्न हुन सक्ने आशंकामा छानबीन शुरू गरेको बताइएको छ। स्मरण रहोस्, वर्ष 2021-मा मेट्रोपोलिटन पुलिसले सिलगढी सहरलाई ड्रग्स मुक्त बनाउनको लागि नो टु ड्रग्स अभियान अन्तर्गत 46 करोड़ रुपियाँको मादक पदार्थ उद्धार गरेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *