सोनादा-पच्याङ समष्टिका 37 परिवार गोजमुमो-मा सामेल

सोनादा : हाल जीटीए क्षेत्रका विभिन्न ठाउँहरूबाट विपक्षी दलहरू त्यागेर नयाँ सोँच नयाँ विचारलाई आत्मसात गर्दै गोजमुमो विनय खेमामा सामेल हुने क्रम दिनहुँजसो जारी देखिन्छ। यही अन्तर्गत खरसाङको सोनादा-पच्याङ समष्टि अन्तर्गत पर्ने रिङटोङ धनबीर बस्तीका गोरामुमोको 37 परिवारहरूले आफ्नो पार्टी त्यागेर आज गोजमुमोमा सामेल भएका छन्। पार्टी सूत्रले दिएको जानकारीअनुसार रिङटोङ धनबीर बस्तीको गोरामुमो-का कट्टर समर्थकहरू वीरेन तामाङ, समीर तामाङ, निर्मल छेत्री, एलसी तामाङको आदिको नेतृत्वमा यी 37 परिवारका सदस्यहरूले आफ्नो पार्टी त्यागेर गोजमुमोमो सामेल भए।


गोजमुमोमा सामेल भएकाहरूलाई आज एउटा कार्यक्रमबीच जीटीएका चेयरम्यान तथा पार्टीका महासचिव अनित थापाले दलीय झण्डा प्रदान गर्दै आफ्नो पार्टीमा स्वागत जनाए। यस अवसरमा नयाँ पार्टीमा सामेल हुने समर्थकहरूले अब उपरान्त ईमान्दारीको साथमा गोजमुमो विनय खेमालाई सहयोग पुर्‍याउने तथा पार्टीको निर्देशअनुसार नै आफूहरूले काम गर्ने प्रतिबद्धता जनाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *