सोनादा बजारको ट्राफिकलाई व्यवस्थित बनाउने ट्राफिक पुलिस अधिकारीको पहल शुरू

सोनादा : सोनादा क्षेत्रमा सरुवा भएर नयाँ ट्राफिक पुलिस ईन्चार्जको पदभार सम्हालेपछि सन्दीप दत्तले यस क्षेत्रमा ट्राफिक व्यवस्थालाई सुव्यवस्थित बनाउने कार्य गरिरहेका छन्। सोनादा क्षेत्रमा सोनादा ट्राफिक ओसी सन्दीप दत्त, एएसआई धनु गोपाल, एएसआई मनोज तामाङ आदिको अगुवाईमा सोनादा क्षेत्रमा ट्राफिक व्यवस्थालाई नवीकरण गरी व्यवस्थित गरिने कार्यतर्फ लागिपरेका छन्। विशेष गरी सोनादा बजार क्षेत्रको नो पार्किङ क्षेत्रमा पार्किङ गरिएको गाड़ीहरूलाई जरिमाना लगाएर, नो पार्किङ क्षेत्रमा पार्किङ गर्ने गाड़ीहरूलाई केस दिएर सुव्यवस्थित गर्ने कार्य गरिरहेका छन्। त्यसरी नै स्पिड कन्ट्रोल गराउन र गाड़ी कुदाएको बेला फोनमा बोल्ने वाहन चालकहरू विरूध्दमा कार्वाही जारी राखेको छ। त्यसरी नै कोभिडको नियमलाई पालन गरेको छ-छैन भन्ने कुरामा पनि निरन्तर रुपमा ट्राफिक पुलिसद्वारा कार्वाही गरिरहेको र सेभ ड्राइभ सेफ लाइभ लेखिएका स्टिकरहरू गाडीहरूमा टाँस्ने काम पनि निरन्तर रुपमा भइरहेको छ। सोनादा ट्राफिक पुलिसद्वारा सोनादा बजार क्षेत्रमा निरन्तर रुपमा ट्राफिक व्यवस्था व्यवस्थित गरेको साथै राम्रो र स्वच्छ सोनादा निर्माणमा कार्य गरिरहेकोले गर्दा पुलिसको उक्त पहललाई स्थानीय मानिसहरूले प्रशंसा गरेका छन्। यसै क्रममा सोनादा बजार क्षेत्रमा ट्राफिक व्यवस्था व्यवस्थित गर्नलाई ट्राफिक पुलिसद्वारा चाँढै सोनादा क्षेत्रका सेन्डिकेटहरूलाई लिएर सभा गरिने तथा बजार क्षेत्रमा जताभावी पार्किङ नगर्ने आह्वान् गरिने र सोनादा क्षेत्रका जनता र यात्रीहरूलाई सुविधा प्रदान गर्ने ट्राफिक व्यवस्था सुव्यस्थित गर्नलाई कार्य गरिने भएको बताइको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *