सोनादा भालूटार निवासी पेम्बा तामाङको भान्सा घर जलेर भष्म

सोनादा (निसं): सोनादाको भालूटार निवासी पेम्बा तामाङको भान्सा घरमा आगो लागेर पूर्ण रूपले जलेको छ। खाना पकाउने ग्यास सिलिन्डर लिकेज भएको कारणले गर्दा आगो लागेको पेम्बा तामाङले बताएका छन्। घटनाको खबर पाएर एलपीजी ग्यासको बारेमा सचेतना फैलाउँदै आइरहेका गोपाल छेत्री पनि घटनास्थलमा आइपुगेका थिए।


तिनले एलपीजी एउटा तीव्र ज्वलनशील पदार्थ भएकोले यस सम्बन्धमा हरेक तहमा सतर्कता अप्नाउन आवश्यक रहेको बारेमा आफूले सबैलाई सचेत गराउँदै आएको बताए। तिनले यस घटनामा भाग्यले कसैको ज्यान नगए तापनि पेम्बा तामङको भान्साघर अनि भान्साघर भित्र रहेको सबै सर-सामन जलेर नष्ट भएको बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *