सोनादा क्षेत्रका कोरोना पोजेटिभ वृद्धको मृत्यु

सोनादा : दार्जिलिङ जिल्ला अन्तर्गत सोनादा क्षेत्रमा कोरोना पोजिटिभ भएर एकजना वद्धको निधन भएको जानकारी प्राप्त भएको छ। सोनादा बजारदेखि केही मुनि नाली चउरमा 74 वर्षीय वृद्धलाई ज्वरो आएकोले दार्जिलिङ अस्पताल लगेपछि तिनको स्वाब टेस्ट गर्दा रिपोर्ट पोजिटिभ आएपछि कोभिड अस्पताल त्रिवेणीमा लगिरहेको समय बाटोमै मृत्यु भएको जानकारी प्राप्त भएको छ। आज जीटीए चेयरम्यान अनित थापाले जीटीए क्षेत्रमा लकडाउन घोषणा गर्दा पनि पत्रकारहरूलाई उक्त वृद्धको कोरोना पोजिटिभ भेट्टाइएपछि निधन भएको खबरको पुष्टि गरेका थिए। 74 वर्षीय वृद्धको कोरोना पोजिटिभ पाइएपछि निधन भएकोमा दार्जिलिङको सीएमओएच र सोनादा प्राथमिक स्वास्थ्य केन्द्रको इन्चार्च डा वाङ्दी भोटिया नाली चउर पुगेर निरीक्षण गरी क्वारेनटाइनमा बसेकाहरूलाई भेटघाट गरी मनोबल बढ़ाएको पनि जानकारी प्राप्त भएको छ। यसको साथै वृद्धको सम्पर्कमा आएका मोठ 8 जनालाई क्वारेनटाइन गरिएको छ। जसमध्ये तिनका परिवारका पाँचजना सामेल छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *