सोनादा क्षेत्रमा पनि लकडाउनको प्रभाव

सोनादा : बंगाल सरकारले प्रत्येक सप्ताहको बिहीबार र शनिबार डाकेको लकडाउनको कारण आज सोनादा बजार पनि पूर्ण रूपमा लकडाउन रहेको छ। सोनादा पुलिस आउट पोस्टका इन्चार्ज बन्दना प्रधानको नेतृत्वमा साथै एसआई फूर्बा पाख्रीन र ट्राफिक इन्चार्च उत्तम सार्कीको उपस्थितिमा आज सोनादामा लकडाउनको समय बजारमा कुनै कामबिना घुमिहिँड्ने मानिसहरू विरुद्ध कार्वाही गरिरहेको छ।


पुलिसले जरूरी परिसेवा बाहेक अन्य वाहनहरूलाई रोकेर चेकिङ चलाइरहेको छ। बंगाल सरकारद्वारा डाकिएको लकडाउन अवधि सोनादा क्षेत्रमा पनि सुनसान देखियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *