सोनादा क्षेत्रमा सेनिटाइज

सोनादा: गोजमुमो केन्द्रीय सदस्य एवं सोनादा पचेङ समष्टीको पूर्व सभासद महेन्द्र प्रधानको पहलमा सोनादा पचेङ समष्टिको विभिन्न क्षेत्रहरुमा युवा मोर्चाद्वारा सेनिटाइज गरिने कार्य सम्पन्न गरियो । यस कार्यमा युवा मोर्चाका समष्टी सभापति रबि राई, सलिम लोहार र कार्यकर्ताहरू उपस्थित थिए । यसरी समष्टीको विभिन्न क्षेत्रहरूमा सेनिटाइज गर्नको लागि सेनिटाइजरहरू उपलब्ध गराइएकोमा तिनीहरूले जीटीए चेयरम्यान अनित थापाप्रति आभार प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *