सोनादादेखि मुण्डा रंगमुक सिडर्स जाने रोडको युवाहरूद्वारा मरमति

सोनादा: सोनादादेखि मुण्डा रंगमुक सिडर्स जाने रोडको रमिते क्षेत्रमा अप्पर पचेङको डिभाइन ग्रुपका सदस्यहरू मिलेर आज मरमति कार्य गरे। उक्त ग्रुपका बेरोजगार युवाहरू मिलेर आफ्नै खर्चमा उक्त रोडको मरमति गरेको बताइएको छ। स्मरण रहोस्, गत केही महिना अघि जीटीए-द्वारा उक्त रोडको मरमति थियो। हाल उक्त रोड जीर्ण अवस्थामा रहेकोले गर्दा गाउँलेहरूलाई उक्त सडक भएर आवतजावत गर्न साथै चालकहरूलाई वाहन चलाउन धेरै असुविधा भइरहेको थियो। यसैले आज स्थानीय बेरोजगार युवाहरूको पहलमा उक्त सडकको मरमति गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *