सोनादा घटनाको भर्त्सना जनाउँदै दोषीहरूलाई पक्राउ गर्ने माग

मिरिक : गत केही दिनअघि सोनादामा भएको घटनालाई लिएर गोजमुमो बिमल खेमाका नारी मोर्चा सौरेनी 25 नम्बर समष्टिले घोर विरोध जनाउँदै दोषीहरूलाई पक्राउ गरेर कठोर कार्वाही गरिनुपर्ने माग गरेको छ। नारी मोर्चा 24 नम्बर सौरेनी समष्टिका संयोजिका बुद्धिमाया राई, नारी मोर्चा सौरेनी समष्टि अध्यक्ष विन्ध्या लामा, सदस्य बिनुकला राई अनि दीपिका सुब्बाले पत्रकार सम्मेलनको आयोजना गरेर उक्त घटनामा गोजमुमो दुईका नेताहरूको हात रहेको आरोप लगाएका छन्। गोजमुमो दुईको नयाँ सोच नयाँ विचार यही हो भन्दै तिनीहरूले प्रश्न तेर्साएका छन्। नारी मोर्चा संयोजिका बुद्धिमाया राई र समष्टि अध्यक्ष विन्ध्या लामाले उक्त घटनामा गोजमुमो दुईका नेताहरूको हात रहेको आरोप लगाउँदै पहाडमा गोजमुमो अध्यक्ष बिमल गुरूङ स्वयम् दार्जिलिङ पहाडमा शान्ति अनि विकासको पक्षमा रहेको बेलामा यस प्रकारको घटना हुनाले पहाडमा शान्ति अनि विकासको पक्षमा को रहेको छ भन्ने कुरा स्पष्ट भएको दावी पनि गरेकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *