सोनादा खण्ड 1 भालुटार शाखा नारी मोर्चा गठन

सोनादा: गोर्खा जनमुक्ति मोर्चा बिमलपन्थी सोनादा पचेङ समष्टिका संयोजक बबिन्द्र राईको अध्यक्षातामा एउटा जरुरी सभा भालुटार सार्वजनिक भवनमा सम्पन्न भयो।  सभामा सोनादा समष्टि युवा मोर्चा संयोजक भाईचुङ्ग तामाङ, महकुमा नारी मोर्चा सह सचिव डोल्मा तामाङ, अरुणा तामाङ महकुमा नारी मोर्चा सदस्या, खण्ड एक युवा मोर्चा संयोजक बिमल थापा अनि गोर्खा जनमुक्ति मोर्चा संस्थापक सदस्य पाल्देन तामाङको पनि उपस्थिति रहेको थियो। सभालाई नारी मोर्चा सदस्या मनु तामाङले सञ्चालन गरेकी थिइन् भने सभामा युवा मोर्चा, नारी मोर्चाका नेतृत्वगण अनि समष्टि संयोजक बबिन्द्र राईले सम्बोधन गरेका थिए। यसै सभामा भालुटार शाखा नारी मोर्चा गठन गरियो। उक्त शाखा कमिटीमा सभापति प्रमिला तामाङ, उप सभापति मुनु सुन्दास, सचिव  गंगा तामाङ, सह सचिव सुजाता तामाङ, कोषाध्यक्ष मनिषा गुरुङ सहित 10 जनाको कार्यकारिणी सदस्यहरु चयन गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *