सोनादाको एउटा स्कुलमा दुईजना शिक्षिका कोरोना संक्रमित

सोनादा: सोनादाको एउटा स्कुलमा दुईजना शिक्षिका कोरोना पोजिटिभ भएको जानकारी प्राप्त भएको छ। केही दिन अघि सोनादाको एउटा स्कुलमा एकजना शिक्षिकाको पोजिटिभ रिपोर्ट आएपछि स्कुलकी प्रधान अध्यापिकाद्वारा उच्चाधिकारीहरूलाई पत्रचार गरी सूचित गरेको तर उच्चाधिकारीबाट शिक्षिकालाई आइसोलेट गरी स्कुलमा अफ् लाइन क्लास लगाउने निर्देशन आएको जानकारी प्राप्त भएको छ । तर पुन: गत सोमबारको दिन एकजना सिस्टर (शिक्षिका)-को रिपोर्ट पनि पोजिटिभ पाइएको र यसको पनि रिपोर्ट उच्चाधिकारीहरूलाई दिएको तर उताबाट पोजिटिभ शिक्षिकाहरूलाई आइसोलेट गरेर अफ् लाइन क्लास गराउने निर्देश आएकोले क्लास जारी रहेको उक्त स्कुलकी प्रधान अध्यापिका सिस्टरले जनाएकी छन्। तिनले पत्रकारहरुसित कुराकानी गर्दै उक्त स्कुलका दुईजना शिक्षिका कोरोना पोजिटिभ भेट्टाएपछि यस सम्बन्धमा उच्चाधिकारीहरूलाई जानकारी दिएको र उच्चाधिकारीहरूको निर्देशअनुसार ती दुई शिक्षिकालाई आइसोलेट गरेर हाल दसौँ र बाह्रौं श्रेणीको अफ् लाइन क्लास चलिरहेको छ। आज दसौँ श्रेणीमा 70 प्रतिशत र बाह्रौं श्रेणीमा 80 प्रतिशत विद्यार्थीहरू अनुपस्थित रहेको तिनले जानकारी गराइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *