सोनादाको नयाँ कमान, गैरी गाउँमा पिउने पानीको उदघाटन

सोनादा : सोनादा पचेङ समष्टी अन्तर्गत पर्ने लोवर सोनादाको नयाँ कमान, गैरी गाउँमा पिउने पानीको उद्घाटन गरियो। सोनादा पचेङ समष्टी अन्तर्गत बुथ नम्बर 24/13 मा गोजमुमोका पदाधिकारीहरू तथा स्थानीय समाजका प्रतिनिधिहरूद्वारा जीटीएको पहलमा पिउने पानीको उदघाटन गरिएको छ। यस समष्टीको नयाँ कमान, गैरी गाउँमा 18 वर्षको अन्तरालमा स्थानीय मानिसहरूको सुविधाको लागि पिउने पानीको समस्या समाधान भएको छ। यसरी गाउँमा पिउने पानीको व्यवस्था गरिदिएकोमा स्थानीय मानिसहरूले जीटीए प्रशासन र जीटीए चेयरम्यान अनित थापाप्रति आभार प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *