सोनादाको पेट्रोल पम्पदेखि मिलिङ बस्तीसम्म सडकको निर्माण कार्य सेप्टेम्बरदेखि थालिने

सोनादा : गत केही दिन अघि सोनादाको पेट्रोल पम्पदेखि मिलिङ बस्तीसम्म पुग्ने सड़क निर्माण भएको छोटो समयमैं भत्किन शुरु भएको र निर्माण कार्य गुणस्तरीय नभएको गोरामुमोले आरोप लगाएको थियो। उक्त आरोपमाथि सड़कको निर्माण कार्य गर्ने कम्पनी र कन्ट्याक्टरहरूले आफ्नो प्रतिक्रिया र स्पष्टीकरण दिएका छन्। गोरामुमोको आरोपपछि मिलिङ बस्ती पुग्ने सड़कको विषयमा कन्ट्रयाक्टर रमेश अग्रवालले आफ्नो स्पष्टीकरणमा यो सड़कको टेण्डर नभइ स्थानीय जनताले तत्कालीन जीटीए चेयरम्यान अनित थापालाई माग गरेपछि दुर्गा पूजाको समय आफुहरूले वर्क डनमा काम गरेको बताउँदै यो सड़कको काम शुरु नै नभएको बताएका छन्। तिनले यो सड़क पहिला प्रधान मन्त्री ग्रामीण सड़क परियोजना अन्तर्गत भएको तर हामीले काम शुरु गरेका छैनौं भन्दै यो सड़कको टेण्डर गत फरवरी महिनामा भएको र मार्चमा सप्मिशन भएको बताए ।


तिनले यो सड़क निर्माणको कार्य गुणस्तरीय नभएकोले कार्पेटिङ गरेको सबै भत्किएको भन्ने आरोपको खण्डन गर्दै यसको कार्पेटिङको कार्य शुरु नै भएको छैन भनी बताए। अब बर्षाको समय सकेर सेप्टेम्बरदेखि यो सड़क निर्माणको कार्य थालिने पनि बताएका छन्। गोरामुमोको आरोपपछि श्रीनिवास कम्पनीको कन्ट्रयाक्टरद्वय राकेश अग्रवाल र रमेश अग्रवालसहित विभागीय ईञ्जिनियर अनुपम दत्त पनि उपस्थित भएर यो सड़कको विषयमा स्पष्टीकरण दिएका छन्। स्थानीय जनतालाई आश्वस्त गराउँदै हामीले बाटो भत्किएर जीर्णावस्थामा रहेको बेला वर्क डनमा त काम गरिदिएको अब टेण्डर भएर 1 करोड़ 16 लाखको बजेटमा वर्षाको समय सक्नेसाथ सेप्टेम्बरदेखि सड़कको निर्माण कार्य गरिने बताएका छन्। सोनादाको पेट्रोल पम्पदेखि मिलिङ बस्तीसम्म पुग्ने यस सड़कको निर्माण कार्य 1 करोड़ 16 लाख 36 हजार 3 सय छब्बीस रुपियाँमा हुने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *