सोनादाको सलेसियन कलेजमा रक्तदान शिविर

दार्जिलिङ : सलेसियन कलेज सोनादाका नारी समूह एवम् ब्लड ब्याङ्क, दार्जिलिङ जिल्ला अस्पतालको संयुक्त तत्वावधानमा महाविद्यालयको परिसरमा रक्तदान शिविरको आयोजना गरियो। कोविड –19 को नियमवालीलाई ध्यानमा राखेर पूर्ण सचेतनाको साथमा सम्पन्न गरिएको उक्त रक्तदान शिविरमा सोनादा लगायत यसका वरिपरीमा रहेका चियाबारीका उत्सुक युवाहरूले रक्तदान गरे। यसको साथै कलेजका धेरै विद्यार्थीहरू एवम् प्राध्यापकहरूले पनि उत्साहपूर्वक रक्तदान गरे।


यसभन्दा अघि हालै गरिएको ह्युमेन सेल-को कार्यहरूमा सोनादा क्षेत्रका तीन मुख्य विद्यालयहरू सोनादा उच्च विद्यालय, ग्रीनहिल स्कूल र शान्तिरानी उच्च विद्यालयमा छात्राहरूको हितार्थ स्यानेटरी न्यापकिन भेन्डिङ मशिन जडान गरिएको थियो भने मुन्डा चियाबगानको निम्ति 10 वटा स्ट्रेचर प्रदान गरियो। मानव तस्करी विरूद्ध जनचेतना, जुलूस सोनादा, गोराबारी क्षेत्रमा आयोजन गर्नुको साथै अन्य धेरै कार्यक्रमहरू गरिने जानकारी ह्युमेन सेल संयोजिका सुश्री श्रेया अग्रवाल, श्रीमती नमु शेर्पा, श्रीमती प्रेणा सुब्बा, सुश्री जेशिका न्यास, शिक्षिता देवानले जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *