सोनादाको शान्तिरानी उच्चत्तर माध्यमिक विद्यालयको 125औँ स्थापना दिवस पालन

सोनादा (निसं): सोनादा पचेङस्थित शान्तिरानी उच्चत्तर माध्यमिक विद्यालयको 125 औंँ स्थापना दिवस आज विविध कार्यक्रमको साथमा पालन गऱ्यो। यस समारोहमा जीटीएका मुख्य कार्यपाल अनित थापा, पूर्व सांसद आरबी राई, डा. मुन्नु शेर्पा, क्षेत्रीय सभासद अनोश थापा लगायत अन्यको उपस्थिति रहेको थियो। कार्यक्रमको आरम्भमा प्रमुख अतिथि अनित थापाले स्कुलको झन्डा उत्तोलन गर्नका साथै सबै अतिथिहरूको बाहुलीबाट केक काटेर विद्यालयको 125 औँ स्थापना दिवस मनाइयो।


यस कार्यक्रममा विद्यार्थीहरूले रंगारंग सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरे भने शान्तिरानी उच्चत्तर माध्यमिक विद्यालयको पक्षमा जीटीए प्रमुख अनित थापा र सोनादा पचेङ समष्टीका सभासद अनोश थापालाई संवर्द्धना जनाइयो। दुवैलाई विद्यालयको पूर्व विद्यार्थी एवं पूर्व सांसद आरबी राईको बाहुलीबाट नेपाली टोपी लगाइदिए पछि सम्मान पत्र सुम्पिएर संवर्द्धना जनाइयो। यस समारोहलाई जीटीएको प्रमुख कार्यपाल अनित थापा लगायत अन्यले पनि सम्बोधन गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *