सोनादाको सौगात क्याटरिङका युवाहरूद्वारा विपन्न वृद्ध बिर्ख बहादुर खवासको घर निर्माण

सोनादा : कसैलाई सहयोग गर्नलाई र सामजिक कार्यहरू गर्नलाई राजनैतिक पार्टीको शरण लिनु नै पर्छ भन्ने छैन अनि जहाँ इच्छा, त्यहाँ उपाय भने झैं सोनादामा रहेका शिक्षित बेरोजगार युवाहरूद्वारा गठित सौगात क्याटरिङले एउटा उदाहरण नै प्रस्तुत गरेको छ। सौगात क्याटरिनद्वारा सोनादा क्षेत्र अन्तर्गत मुण्डा हट्टाको 72 वर्षीय वृध्द बिर्ख बहादुर खवासको घर निर्माण गरिदिने भएको छ। अहिलेसम्म कुनै राजनैतिक पार्टी, कुनै सामाजिक संस्थाहरू र कुनै विकास बोर्डहरूले गर्नु नसकेको कार्य सोनादाको डीबी रोडस्थित सौगात क्याटरिन सञ्चालन गर्ने शिक्षित बेरोजगार युवाहरूले पहल गरी उक्त वृध्दको घर हाल निर्माण गरिरहेका छन्। सौगात क्याटरिनको छिरिङ शेर्पाको अगुवाईमा युवाहरूले रूपियाँ सङ्कलन गरी सामाजिक कार्य अन्तर्गत बिर्ख बहादुर खवासको घर निर्माण कार्य गरिरहेका छन्।


यस विषयमा सौगात क्याटरिनको छिरिङ शेर्पाले इजरायलमा कार्यरत् प्रह्लाद तामाङको सहयोगमा एकदमै आवश्यक रहेको बिर्ख बहादुर खवासको घर निर्माण भइरहेको जानकारी दिँदै बिर्ख बहादुर खवास धेरै लामो समयदेखि बिमारी रहेको र आँखा नदेखेको 7-8 वर्ष भएको र घरमा तीनजना छोरीहरू रहेको पनि बताएका छन्। शेर्पाले तिनको अवस्था देखेर नै घर निर्माणको लागि अघि आएको र आफ्नै सम्झेर इजरायलमा कार्यरत् युवाहरूले पनि सौगात क्याटरिनमार्फत घर निर्माणको लागि सहयोग गरेको बताएका छन्। यसरी सौगात क्याटरिन र इजरायलबाट आफुलाई सहयोग गरेकोमा बिर्ख बहादुर अनि तिनका परिवारका सदस्यहरूले सबैलाई धन्यवाद दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *