सोनादामा 74औँ स्वतन्त्रता दिवस पालन

सोनादा: सोनादाको रेलवे स्टेशन परिसरमा सामाजिक दूरीको नियमलाई पालन गर्दै 74औँ स्वतन्त्रता दिवस पालन गरियो। स्वतन्त्रता दिवस समारोह समिति र भूतपूर्व सैनिक संगठनद्वारा संयुक्त रूपमा आयोजित उक्त स्वतन्त्रता दिवस समारोहमा सभाध्यक्षको रुपमा सोनादा पुलिस आउट पोष्टको इन्चार्च बन्दना प्रधान, प्रमुख अतिथिको रुपमा भूतपूर्व सैनिक सीके छेत्री उपस्थित थिए। सधैं गोराबारीको खेल मैदानमा भव्य रुपमा स्वतन्त्रता दिवस समारोह पालन गरिन्थ्यो भने यसपाली कोभिड 19-को कारणले सोनादा रेलवे स्टेशन परिसरमा सामाजिक दूरीको नियमलाई पालन गर्दै मनाइएको छ। कार्यक्रमा प्रमुख अतिथिले राष्ट्रिय झण्डा उत्तोलन गरे भने सभाध्यक्षाद्वारा सलामी लिइयो।


कार्यक्रममा बाल बालिकाहरूद्वारा राष्ट्रिय गान प्रस्तुत गरियो। यस कार्यक्रममा भूतपूर्व सैनिकद्वारा सोनादा पचेङ समष्टिको पूर्व सभासद महेन्द्र प्रधान सोनादा पचेङ समष्टिको सभापति सनम लामालाई सम्मान जनाइएको छ। त्यसरी कश्मीरमा शहीद भएका खड़कबहादुर गुरुङकी पत्नी आर्य गुरुङलाई पनि सम्मान गरियो। कार्यक्रममा सोनादा पचेङ समष्टिको पूर्व सभासद महेन्द्र प्रधान, सोनादा पचेङ समष्टिको सभापति सनम लामा, नारी मोर्चाको सभापति बैजन्ती तामाङ, सोनादा आउट पोष्टको एएसआई पाण्डु लेप्चा,युवा मोर्चाको समष्टी  सभापति रबि राई लगायत अन्यहरू पनि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *