सोनादामा अन्तर्राष्ट्रिय एभरेष्ट डे सहित तेञ्जिङ शेर्पाको जन्म जयन्ती पालन

सोनादा (निसं) : सोनादाको शेर्पा गुम्बामा अन्तर्राष्ट्रिय एभरेष्ट डे सितै माउण्ट एभरेष्टमा पुग्ने पहिलो व्यक्ति तेञ्जिङ नोर्गे शेर्पाको 109औं जन्म जयन्ती आज पालन गरियो। सोनादा शेर्पा समाज खानरी किदुक अनि शेर्पा युवाहरूका आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो। यस कार्यक्रममा मुख्य अतिथिका रूपमा म्याजिस्ट्रेट भुषण शेर्पा उपस्थित रहेका थिए भने विशिष्ठ अतिथिका रुपमा पार्वतोरोही दोर्जे शेर्पा उपस्थित थिए। कार्यक्रमलाई निमा शेर्पाले सञ्चालन गरेका थिए। पार्वतोरोही तेञ्जिङ नोर्गेको जन्म जयन्तीको अवसरमा शेर्पा समुदायद्वारा सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो। यसै कार्यक्रममा शेर्पा समुदायबाट दशौं र बाह्रौं श्रेणीका 5 जना मेधावी विद्यार्थीहरूलाई संवर्द्धना पनि जनाइयो। यस कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै फुर्बा शेर्पाले विस्तृत रुपमा जानकारी गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *