सोनादामा भाजपा अध्यक्ष दिलिप घोषको पुतला दहन

खरसाङ : गोर्खाहरूलाई लिएर विवादस्पद बयान दिने भाजपाको बंगाल राज्य सभापति दिलिप घोषको विरोधमा आज सोनादा बजारमा गोजमुमो सोनादा पचेङ समष्टीको आयोजनामा पुतला दहन गरियो। यस अवसरमा गोजमुमो केन्द्रीय सदस्य एवं सोनादा पचेङ समष्टीका पूर्व सभासद महेन्द्र प्रधान , समष्टी सभापति सोनाम तामाङ, समष्टि स्तरीय पदाधिकारीहरू र कार्यकर्ताहरू उपस्थित थिए।


  

दिलिप घोषको पुतला दहन कार्यपछि सम्पन्न पथसभालाई सम्बोधन गर्दै गोजमुमो सोनादा पचेङ समष्टीका सभापति सोनाम तामाङले गोर्खाहरूको इतिहास नबुझी जथाभावी बोल्न नहुने र गोर्खाहरुलाई अपमानित गर्ने दिलिप घोषको बयानको घोर विरोध गर्दछौं भनी बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *