सोनादामा भर्खरै जन्मेको नवजात शिशुको शव उद्धार

सोनादा (निसं) : सोनादाको एउटा झोड़ामा भर्खरै जन्मेको नवजात शिशुको शव फेला परेको छ। सोनादा पुलिस आउट पोष्ट सुत्रबाट प्राप्त जानकारी अनुसार सोनादाको सरस्वती डाँड़ाको एउटा झोड़ामा भर्खरै जन्मेको एकजना नवजात शिशुको शव फेला परेको छ। उक्त शव भर्खरै जन्मेको छोरी शिशुको शव रहेको बताइएको छ। पुलिस सुत्रले जनाए अनुसार सोनादाको सरस्वती झोड़ामा एकजना अज्ञात नवजात शिशुको शव देखिएपछि आइतबार स्थानीयहरूले पुलिसलाई जानकारी दिएको र पुलिसले उक्त नवजात शिशुको शवलाई उद्धार गरेर पोष्टमोर्टमको लागि दार्जिलिङ पठाएको र यस विषयमा पुलिसले तत्कालै छानबीन शुरु गरेको बताएको छ। भर्खरै जन्मेको छोरी नानीको शव फेला परेपछि क्षेत्रमा निक्कै हलचल र खुल्दुली मच्चिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *