सोनादामा गोरामुमो-को सांगठनिक सभा

सोनादा : गोर्खा राष्ट्रिय मुक्ति मोर्चा सोनादा टाउन कमिटीको पहलमा प्रशान्ति ग्राम रातोमाटे शाखालाई लिएर प्रशान्ति ग्राम सार्वजनिक भवनमा सांगठनिक सभाको आयोजना गरियो। उक्त सभामा धेरैजना नयाँ युवाहरूले सहभागिता जनाएका थिए। सभामा उपस्थित वक्ताहरूले गोरामुमो पार्टीले विगतमा गरेको कार्य तथा उपलब्धिहरूबारे प्रकाश पार्दै गोरामुमो-को जाति र माटोको उन्मुक्तिको निम्ति, युवावर्गको उज्ज्वल भविष्यको निम्ति के-कस्तो योजनाहरू रहेको छ भन्नेबारे सभामा चर्चा-परिचर्चा गरियो। सभामा पुरानो कमिटीलाई विघटन गरी नयाँ कमिटी पुर्नगठन गरियो। सभामा सर्वसम्मतिले सभापति उमेश शेर्पा, उप-सभापति रबि छेत्री, महासचिव सुरेन घिसिङ, सचिव पूर्ण घिसिङ अनि कोषाध्यक्ष राजु राईलाई चयन गरियो। यसैगरी, 9 जनाको कार्यकारिणी सदस्यहरू चयन गरिएको गोरामुमो मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *