सोनादामा खेला होबे दिवस, नाली चउर भेट्रेन क्लब च्याम्पियन

सोनादा : पश्चिम बङ्गाल सरकारद्वारा घोषित खेला होबे दिवस आज सोनादा पुलिस आउट पोस्टले सोनादास्थित भालुटार खेल मैदानमा सम्पन्न गर्यो। सोनादा पुलिस आउट पोस्टको आयोजनामा सम्पन्न खेला होबे दिवस सोनादा आउट पोस्ट प्रभारी बन्दना प्रधान, एसआई फुर्बा पाखरिन, सीआई भानु राई, एएसआई आनन्द प्रधान लगायत स्थानीय समाजका प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न गरिएको थियो।


यस अवसरमा सम्पन्न फुटबल खेलको अन्तिम फाइनल खेल नाली चउर भेट्रेन क्लब बनाम डीबी रोड मोटीभेशनल युथ क्लबमाझ सम्पन्न भयो, जसमा डीबी रोड मोटीभेशनल युथ क्लबलाई 2-0 गोलले पराजित गरेर नाली चउर भेट्रेन क्लब च्याम्पियन बन्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *