सोनादामा तीन दिवसीय महायज्ञको समापन

सोनादा : सोनादाको सिमानाटार,  नयाँ कमानमा गत 14 फरवरीदेखि शुरू भएको तीन दिवसीय सार्वजनिक विश्व शान्ति ज्ञान महायज्ञ पूजाको आज समापन गरियो। आजको समापन गरिएको महायज्ञमा जीटीए चेयरम्यान अनित थापा मुख्य अतिथिको रूपमा उपस्थित थिए। तीन दिवसीय रूपमा भइरहेको महायज्ञमा गाउँ शान्ति र विश्व शान्तिको निम्ति प्रार्थना गरिएको थियो भने तीनै दिन पण्डितहरूले कथाहरू वाचन गरेका थिए।


यस महायज्ञमा प्रमुख कथावाचकको रूपमा आचार्य रामप्रसाद खनाल साथै प्रसिद्ध भजन गायिका रजनी गुरुङ र उनका सहयोगीहरू उपस्थित थिए। समापन समारोहमा विशिष्ट अतिथिको रूपमा सोनादा पचेङ समष्टिको पूर्व सभासद् महेन्द्र प्रधान, समष्टि सभापति सोनाम लामा, रङ्गमुक मुण्डा समष्टि सभापति प्रमेस राईलगायत अन्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *